लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, रुपन्देही

भैरहवा, रुपन्देही

विवेक पन्त

सूचना अधिकारी (बरिष्ठ कृषि प्रसार अधिकृत)

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि विकासको अपरिहार्यतालाई अंगिकार गर्दै कृषिको उन्नत प्रविधिको प्रचार प्रसार मार्फत कृषिको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी कृषकको जीवनस्तर उठाउने उदेश्यले वि.सं. २०७८ सा  मंसिर १६ गते लुम्बिनी प्रदेश सरकार,मन्त्रिपरिषद्को निर्णयबाट रुपन्देही  जिल्लामा कृषि ज्ञान केन्द्रको स्थापना भएको (२०७८ पौष २३ गते देखि कार्यालय नियमित रुपमा सञ्चालनमा) हो ।  यस केन्द्र मार्फत कार्यक्रम सञ्चालनको लागि कृषि प्रविधि तथा विस्तार शाखा,बाली प्रवर्द्धन शाखा,योजना तथा तथ्याङ्क शाखा र प्रशासन शाखा रहेका छन् ।  जिल्लाको भौगोलिक संम्भाव्यता, अनुकूल हावापानी, सुगमता, सिंचाई, सडक, विजुली र जार समेतलाई ध्यानमा राखी कृषि विकास रणनिती र सहस्रव्दी बिकास लक्ष्यले निर्दिष्ट गरेका प्राथमिकता प्राप्त बाली वस्तु पहिचान गरी कृषक समूह, सहकारी, उद्यमिहरु मार्फत प्राविधिक सेवा टेवा पुर्‍याउने लक्ष्य लिएको छ । लैगिंक तथा समावेशी विकासको आधारलाई ध्यानमा राखी कृषि विकास सगं सम्वन्धित कार्यक्रमहरुलाई महिला, जनजाति,दलित, विपन्न क्षेत्रमा वसोवास गर्दै आई रहेका कृषकहरुलाई प्राथमिकता दिदै व्यबसायिक एवं दिगो विकास सगं सम्बन्धित कृषि कार्यक्रम सञ्चालन गर्ने पद्धतिको सुरुवात गर्दै आएको छ । यिनै वास्तविकतालाई ह्दयांगम गरी कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्दै उपलव्ध कृषि भूपर्यावरणीय क्षेत्र तथा हावापानी सुहाउंदो र तुलनात्मक रूपमा लाभप्रद कृषि व्यवसायको विविधीकरण तथा सघनरुपमा ब्यवसायिकरण गरी स्व-निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई आय तथा रोजगारमुलक, आधुनिक, बजारमुखी खेती प्रणालीमा रूपान्तरण गर्ने कृषि ज्ञान केन्द्रको मुख्य नीति रहेको छ ।

विवेक पन्त

सूचना अधिकारी (बरिष्ठ कृषि प्रसार अधिकृत)